यहाँ शिक्षित र दक्ष जनशक्ती वेकाम हुँदैछ!
त्यसैले त उसको विदेशिने इन्तजाम हुँदैछ!!
ईतिहास त्यो विरताको पल्टाउँदा नि मन पोल्छ,
किनकी उनिहरुको नै आज उ गुलाम हुँदैछ!!
रगत पसिनाको मुल्य कहाँ छ खोज्न मन लाग्छ,
जहाँ अर्काको लागि निर्माणको सारा काम हुँदैछ!!
त्यो मेहनत यही गर्न पाए केही हुन्थ्यो शायद,
उनिहरुको देश हाम्ले गर्दा तामझाम हुँदैछ!!
देशमा आफ्नो योग्यता नि कतै नबिक्ने भएपछी,
सिप अनी क्षमता परदेशमा लिलाम हुँदैछ!!